Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचारकर्मीको अग्निपरिक्षा

फिल्मीखबर, काठमाण्डौ, 2014/10/26

'फिल्मको समिक्षा गर्न जति सजिलो छ आफै बनाउन त्यति नै गाह्रो छ', संचारकर्मीले आफ्नो फिल्मलाई लिएर गर्ने टिप्पणीका बिषयमा फिल्मीकर्मी बारम्बार यसो भन्छन् । यसैले संचारकर्मीका लागि फिल्म निर्देशन एक प्रकारको चुनौती बन्ने गरेको छ ।

अहिले फिल्मको समाचार लेख्ने केही संचारकर्मी निर्देशनमा व्यस्त छन् । कात्तिक १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'एउटा साथी'लाई संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । संचारकर्मी दीपेन्द्र लामाले लेखेको 'नागबेली'ले व्यवसायिक रुपमा खासै राम्रो गर्न सकेन । यस्तै सञ्चारकर्मी तथा समिक्षक यज्ञसले लेखेको फिल्म 'फिटकिरी' पनि दर्शकको मनमा बस्न सकेन ।

अब पालो लक्ष्मणको अग्निपरिक्षाको । मित्रता र प्रेमको कथा रहेको 'एउटा साथी'मा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह लगायतका कलाकार छन् । लक्ष्मणले पहिलो फिल्म भएकाले राम्रो बनाएर इज्जत राख्ने कोशिस गरेको प्रतिकृया दिएका छन् ।

लक्ष्मणको भाग्यपरिक्षा लगतै फागुन १ गतेबाट अर्का संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेको फिल्म 'अधकट्टी' लाग्दैछ । चर्चामा रहेको यो फिल्मले संचारकर्मीको अब्बलता मुल्यांकन गर्ने स्थान दिनेछ ।

एकपछि अर्को संचारकर्मी फिल्म निर्देशनमा लाग्दा यसले रंग पत्रकारहरुलाई नै चुनौती थपिदिएको छ । अर्का संचारकर्मी डब्बु क्षेत्रीको 'राहदानी' पनि प्रदर्शनको तयारीमा छ । यस्तै केही सञ्चारकर्मीहरू अभिनयमा लागेर आफ्नो फरक परिचय दिन लागि परेका छन् ।
 

Most Visited News (monthly)