कात्तिक ७ गतेबाट प्रदर्शनमा आएका २ फिल्म 'लज्जा' र 'स्टुपिड मन'मा अभिनेताद्धय आर्यन सिग्देल र जीवन लुइटेल बक्स अफिसमा भिडन्त गरिरहेका छन् । फिल्मको व्यापारले अहिलेका चल्तीका यि दुई अभिनेतालाई नम्बर १ को स्थानमा ल्याइदिनेछ ।

बजारमा २ को विकल्प नभएकाले पनि आर्यन र जीवनविच घमसान लडाई देखिन्छ । आर्यनले छोडेको फिल्म जीवनले गर्ने अनि जीवनले छोडेको फिल्म आर्यनले गरेको देखिन्छ । तर, वास्तविकता अर्कै छ ।
पर्दा बाहिर जीवन र आर्यन निक्कै मिल्ने साथी हुन् । सानासाना बिषयमा पनि दुई अभिनेताको मित्रता स्पष्ट झल्कन्छ । 'लज्जा' र 'स्टुपिड मन' प्रदर्शनमा आउनु केही दिन अगाडि दुईले एकसाथ फोटो खिचेर फेसबुकमा पोष्ट गरे ।
यस्तै हङकङमा आयोजना भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा पनि दुई अभिनेता एकसाथ देखिए । अवार्ड समारोहमा होस् या बाहिर घुमघाम गर्दा होस्, दुईले एक अर्कालाई छोडेनन् । हङकङमा दुई अभिनेताले बस्ने कोठा समेत एउटै बनाए । आर्यन र जीवनको मित्रता गजबकै छ ।
पर्दामा जती दुश्मन देखिएपनि व्यक्तिगत जीवनमा भने यि दुईले एक अर्कालाई साथ दिइरहेका छन् । यि दुई अभिनेता एउटै पर्दामा भने अहिलेसम्म देखिएका छैनन् ।

