
फिल्म 'छ एकान छ'बाट निर्माता बनेका दीपकराज गिरीले आफू फिल्म निर्देशक बन्ने आँट नगर्ने बताएका छन् । 'चक्लेट' फिल्मको प्रेसमिटमा अथिती बनेर पुगेका दीपकले भने, 'निर्देशकको जिम्वेवारी वहन गर्ने बलियो काँध मसँग छैन ।'

पहिलो फिल्म 'फस्ट लभ'मा प्रेमिकाको भूमिका निर्वाह गरेकी अभिनेत्री ऋचा शर्माले अहिलेसम्म जति फिल्म गरिन् ति सबैमा फरक भूमिका रहेको बताईन् । 'म फरक भूमिका नभए फिल्म गर्न झट्ट राजी हुन्न', सोमवार 'उमा' फिल्मबाट क्रिटिक्स अवार्ड थापेकी ऋचाले भनिन्, 'फरक गर्न चाहने भएर पनि होला संख्यात्मक रूपमा मेरा फिल्म कम छन् तर सम्झन लायक छन् ।'

कार्तिक २१ देखि प्रर्दशन हुने फिल्म 'सरी ल'को आईटम गीत र ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा ऐनी कुवँरले कम्मर मर्काएकी छिन् । इन्दिरा जोशीले गाएको उक्त आईटमा नम्बरमा एनीलाई बब्बु थापाले नाच्न स्टेप सिकाएका हुन् ।

अभिनेत्री शुष्मा कार्की चर्चामा आउन के-के गर्छिन् होला ? 'अंग प्रदर्शन र प्रेमिसँगको चक्कर', हरेकको दिमागले सोच्ने सहि उत्तर यहि नै हो । कुशल अभिनय ? यो त उनको गौण चर्चा होला ।

नेपालमा राम्रै चर्चा पाएको डार्क कमेडी फिल्म 'झोले' यसै साता लण्डनस्थित वुलविच ग्राण्ड थिएटरमा प्रदर्शन गरियो । हलमा खचाखच उपस्थित दर्शकले फिल्मलाई रूचाएको प्रतिकृया दिए । लण्डनको के. के. मुभिज प्रोडक्सनले कपिलवस्तु समाजको सहकार्यमा फिल्म प्रदर्शन गरेको हो ।

अभिनेत्री पूजना स्त्रीले निर्माण गर्न लागेको फिल्म 'चक्लेट' निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी फिल्म निर्माण गर्न लागेको जानकारी दिईएको हो ।

