मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

आर्यनसँग आर्यन नभिड्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/10/30
फागुन १५ गते अभिनेता आर्यन सिग्देलका दुई फिल्म 'आवेग' र `पुनर्जन्म` रिलिज हुने कुरा थियो । सोही मितिमा अर्को फिल्म 'अझै पनि' रिलिज हुँदैछ । एकैसाथ तीन फिल्म रिलिज गर्दा सबैलाई घाटा हुने भन्दै 'आवेग' फिल्म एकसाता अगाडी सरेको छ । 
 
निर्देशक बसन्त निरौलाले आर्यनका दुई फिल्म एकैसाथ रिलिज गर्न नहुने भन्दै `आवेग`लाई एकसाता अगाडी अर्थात फागुन ८ गतेका लागि सारेको बताए । 'मिलेर अगाडी जानुपर्छ,' निर्देशक निरौलाले भने, 'यसले अरू भिड्ने फिल्मलाई पनि प्रेरणा दिनेछ भन्ने विश्वास छ ।' 
 
सूर्य कार्कीको प्रस्तुतीमा तयार बनेको 'आवेग'मा आर्यनको साथमा ध्रुब दत्त, पवित्रा आचार्य, अर्चना डेलालाको मुख्य भूमिका छ । आफ्नो फिल्म नजुध्ने भएपछि आर्यन पनि खुसी छन् ।