मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्यो `एउटा साथी`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/31
फिल्म प्रदर्शनको केही घण्टा बाँकी रहेको समयमा 'एउटा साथी'को प्रदर्शन मिति हेरफेर भएको छ । संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको यो फिल्म आजबाट देशभर प्रदर्शनमा आउने तयारीमा थियो । 
 
फिल्म प्रदर्शनको केही समय बाँकी रहँदा मात्र कात्तिक २१ गतेलाई नयाँ मिति तय गरिएको छ । जसले फिल्म हेर्न तयार भएर बसेका दर्शकलाई निराश बनाउन सक्छ ।
 
फिल्मको हिजो बेलुकी काठमाण्डौका क्यूज हलमा विशेष शो समेत गरिएको थियो । बिशेष शोबाट आफूलाई राम्रो प्रतिक्रिया मिलेको निर्देशक सुवेदीले जानकारी दिए । कात्तिक २१ गते अब यो फिल्म 'सरी ल'सँग भिड्नेछ ।
 
सलोन बस्नेत, अनु शाह, रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, जोृन तमाङ लगायतका कलाकारले अभिनय गरेको फिल्मलाई राम खनालले निर्माण गरेका हुन् । चर्को प्रचार पश्चात प्रदर्शन मिति एक साता पर सर्दा निर्माण यूनिटलाई घाटा भने पक्का पर्नेछ ।