मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

साहरुखको फिल्म हेर्न नपाउँदा एसिड पिइन् महिलाले

फिल्मीखबर, काठमाण्डौ, 2014/10/30

बलिउडमा चर्चित कलाकारहरुको फिल्मको क्रेजको सिमा नै छैन । यस्तै क्रेज एक महिलामा देखियो जुन सुन्दा पनि आङ जिरिङ्गङ हुनेछ । प्रदर्शनको ६ दिनमै करिब १४९ करोड कमाएको साहरुख खान अभिनित तथा निर्मित फिल्म ‘ह्याप्पी न्यू इयर’ हेर्न नपाउँदा एक महिलाले एसिड पिएकी छिन् ।


भारतको मध्य प्रदेशको शिवपुरी जिल्लामा बसोबास गर्दै आएकी नेहा सेनले साहरुख खानको फिल्म हेर्न नपाउँदा एसिड पिएकी हुन् । उनका पती विशाल सेन एक्लै फिल्म हेर्न हल पुगेका थिए । हलमा दर्शकको निक्कै भिड भएपछि विशालले पत्नीलाई नलगेको बताए ।

नेहालाई नजिकैको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई ग्वालियरमा रिफर गरिएको छ । उनको अवस्था नाजुक रहेको बताइन्छ ।