
आज पत्रकारहरुसँग भेटघाट गर्दै १२ बर्षपछि फिल्म नगरीमा फर्किएका शम्भुले भने, ‘छोरी ईश्वरी प्रधान खेल्न राजी नभएपछि मैले चलेका कलाकारलाई खोजेको थिए ।’ फिल्मको सुरुवातमा नै नायिका गरिमा पन्तलाई उनले अभिनय गराउने पक्का गरेका थिए । अर्की चलेकी हिरोइन खोज्दै जाँदा उनको नजरमा सुमिना घिमिरे परेकी थिइन् ।

भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म 'उत्सव' र 'यो कथा हो तिम्रो मेरो' विच केहि समानता देखिएको छ । लभस्टोरी जनराका यि दुबै फिल्मका निर्देशक स्क्रिप्ट राईटर हुन् ।

लामो समय अमेरिका बिताउँदा नेपाली फिल्म क्षेत्रले झन्डै बिर्सेको अवस्थामा पुगेका रमेश निर्मातासँगै अभिनेताको रूपमा कमव्याक हुने तयारीमा छन् । बुधवार राजधानीमा एक कार्यक्रमको शिलशिलामा भेट भएका रमेशले छिट्टै नै फिल्ममा अभिनय गर्ने बताए ।

भोली शुक्रबारबाट दुई नयाँँ फिल्म 'उत्सव' र 'यो कथा हो तिम्रो मेरो' रिलिज हुँदैछन् । यि दुई फिल्मसँगै हलमा 'कोहिनूर', 'ताण्डव' र 'ठूली' पनि प्रदर्शनरत छन् । चलिरहेका फिल्म मध्ये 'कोहिनूर' भोलीबाट चौथो साथमा प्रदर्शन हुनेछ । यो फिल्मको व्यापार अहिले पनि आक्रमक नै छ ।

जीवनको एउटा उचाइमा पुग्दै गर्दा मानिसलाई आफ्ना आफन्त र साथीभाइले दिएको माया झनै प्रिय हुन्छ । यस्तै भयो चर्चित कलाकार सुनिल थापालाई । बलिउड फिल्म ‘मेरी कोम’मा अभिनय गरेर नेपाल फर्किएका सुनिललाई उनका निकट साथीहरुले सम्झिए अनि सम्मान गरे । त्यहि सम्मान र प्रेममा सुनिलका आँखा रसाए ।

तीजकोे छेको पारेर नेपाली फिल्मका तीन कलाकार एक सेवा सदनमा भेटिए । विगत २ दिनदेखि फिल्म ‘भुलभूलैया’ छायांकन भैरहेको स्थान ‘निःसहयाक सेवा सदन’मा रहेका वृद्धावद्धाहरुलाई तिनै कलाकारहरूले कपडा वितरण गरे ।

