मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

बुटवलमा `नफ़क्रिएका फूलहरू`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/30
अविरल फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्म 'नफ़क्रिएका फूलहरु'को छायांकन अन्तिम चरणमा पुगेको छ | बुटवलको विभिन्न स्थानमा छायाँकन भईरहेको फिल्मको कथा बिद्यालय, बिद्यार्थी र अभिभाबकको सेरोफेरोमा घुमेको निर्देशक बिष्णु भट्टराईले जानकारी दिए । 
 
जोसँग जे जस्तो प्रतिभा छ त्यसलाई त्यहि क्षेत्रमा अवसर दिईयो ऊ आफ्नो लक्ष्यमा सजिलै पुग्न सक्छ भन्ने थिम बोकेको यो फिल्ममा बसन्ती थापा, बाबुराम घिमिरे, प्रिया भण्डारी, सुरक्षा ज्ञवालीलगायतका कलाकारको अभिनय छ । गोमा लम्साल, अर्जुन पंगेनी, मनकला पाण्डे निर्माता रहेको यो फिल्ममा संगीत/कथा/गीत दीपक श्रेष्ठको रहेकोछ | 
 
करिब २५ दिनमा छायांकन सकाउने लक्ष्य राखेको निर्देशक भट्टराईले जानकारी दिए । अबको केहि दिनमा बुटवलमा गायक कमल खत्री लगायत अन्य कलाकारको साथमा भब्य कन्सर्ट गर्ने र उक्त कन्सर्ट फिल्मको अन्तिम सिनमा प्रस्तुत गरी फिल्मको सुटिङ सक्ने बताईएको छ ।