मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`अनिता देशकै सुन्दर युवती` : निर्देशक लामिछाने

फिल्मीखबर, काठमाण्डौ, 2014/10/31
'सुन्दरता आँखाको काबुभन्दा बाहिर हुन्छ । सुन्दरता देखिंदैन, हेरिनु पर्छ । त्यो सुन्दरता हेर्नलाई एउटै कुरा चाहिन्छ, मन । त्यो म आजकाल कसैमा देख्दिन, म आँफैमा पनि ।' 
 
 
प्रस्तुत हरफ कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको कृष्णबहादुर महर्जन निर्मित  फिल्म 'सरी ल' भित्रका एक पात्र राजन खतिवडाले बोल्ने संवाद हो । उनको चरित्रले सुन्दरतालाई यसरी नै व्याख्या गरेको छ । उनको चरित्रले भन्छ, 'सुन्दरता सफा मन हो ।' 
 
फिल्म भित्र आफ्नो भूमिका अर्गानिक रहेको बताउने राजनको चारित्रिक भोगाई आम मानिसको भोगाईसँग मिल्ने निर्देशक ऋषि लामिछाने बताउँछन् । ऋषिले फिल्मको बिषयका बारेमा बोल्दै भने, 'मायाले संसार जित्न सकिन्छ, खुसी मिल्छ भनिन्छ । तर, यो फिल्मले मायामा जर्जरता, पीडा अनि हिनताबोध मात्र देख्छ ।'
 
त्रिकोणात्मक प्रेमकथालाई मेरूदण्ड बनाईएको 'सरी ल'लाई इमान्दार भएर बनाएको हुनाले इमान्दारिता र मेहनतको फल राम्रै पाउने निर्देशक लामिछानेको भनाई छ । 'मलाई लाग्छ यो फिल्म हरेक दर्शकको मनमा बस्न सक्छ,' उनले विश्वासका साथ भने ।  
 
अभिनयमा निखारिएका दुई पात्र सुवास थापा र राजन खतिवडा फिल्मका मुख्य पात्र हुन् । नाटकमा जमेका यि स्टार फिल्मका लागि नयाँँ जस्तै हुन् । अघिल्ला फिल्ममा जस्तै किन फिल्मका स्टारलाई यसमा लिनु भएन ? ऋषिको भनाई छ, 'स्टार कथाको पात्रसँग नजिक हुँदैनन् । स्टार दर्शकका तारा हुन् । यि दुई पात्र अभिनयका तारा । 'सरी ल'मा कथासँग नजिक रहनसक्ने र जीवन्तता दिन सक्ने पात्र खोजेको थिएँ जुन राजन र सुवासमा पाएँ ।'
 
 
नव अभिनेत्री अनिता आचार्य 'सरी ल'बाटै फिल्ममा प्रवेश गरेकी छिन् । अभिनयमा काँचो रहेकी अनितालाई किन रोजे ऋषिले ? भन्छन्, 'कथाले सुन्दर अभिनेत्री मागेको थियो जुन अनितामा छ । मेरो नजरमा अनिता देशकै सुन्दर युवती हुन् ।' 
 
अनिताको सुन्दरतामा को-को मोहित होला ? फिल्म रिलिज पश्चात नै थाहा हुनेछ । तर, अनिता आफूले आँफैलाई खासै सुन्दर देख्दिनन् । 'मलाई सुन्दर देखेका आँखा पक्कै सुन्दर छन्,' मन्द मुस्कान छर्दै अनिताले भनिन्, 'सुन्दरता मनले हेरिन्छ । सफा मनले सबै कुरा सुन्दर देख्छ ।' 
 
आफूलाई मेहनती कलाकार भन्न रूचाउने अनिताले फिल्मको कथाले मन छोएर अभिनयमा आएको बताईन् । 'म खासै फिल्म खेल्न रूचाउने मान्छे हैन । 'सरी ल'को कथा मन पर्‍यो अनि अभिनय गर्न राजी भएँ ।' 
 
'सरी ल'को क्यानभास ठूलो नभएपनि आम मानिसको जीवनसँग जोडिएको कथा भएकाले दर्शकलाई मन पर्न सक्ने अनिताले बताईन् । अभिनयमा खारिएका व्यक्तिसँग काम गर्दा धेरै सिक्ने मौका पाएको र आफूले पनि राम्रो काम गरेको अनिताको भनाई छ । 
 
तस्विर : सन्नी प्रधान