Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.29/5.00)
Text size:-
+
-

निखिलको कमब्याक कसका लागि खतरा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/10/31
अभिनेता निखिल उप्रेती आफ्नै निर्देशनमा ‘भैरव’ फिल्म मार्फत कमब्याक गर्दैछन् । निखिलको भैरव कस्तो बनेको छ, यो त प्रदर्शन पश्चात मात्र थाहा हुनेछ । तर उनलाई लिएर थुप्रै निर्माता फिल्म बनाउन चाहन्छन् ।
 
नेपालमा निखिलको क्रेज अझै कम नभएको वुझाई निर्माता तथा वितरक गोपाल कायस्थको छ । यसैले निखिललाई हेरेर उनले राम्रै रकम फिल्म ‘लुटेरा’मा लगानी गर्दैछन् । कायस्थ भन्छन्– ‘नेपालमा स्टार भन्ने नै कोही छैन । तर निखिलको स्टारडमलाई भने म विर्सन्न सक्दिन ।’ निखिललाई लिएर फिल्म बनाएको खण्डमा चल्ने कुरामा ढुक्क छन् कायस्थ ।
 
लामो समय मुम्बइमा बसेर नेपाल फर्किएका निखिलको चर्चा फेरि फिल्म बजारमा सुरु भैसकेको छ । निखिल र विराज भट्ट फिल्म नगरीबाट टाढा भएसँगै उदाएका जीवन लुइटेल, आर्यन सिग्देलका लागि पनि अब चुनौती थपिएको छ । यता बिराजका लागि भने सबैभन्दा बढी चुनौती निखिलको कमव्याकमा हुनेछ ।  
 
निखिलको फिल्मसँग आवद्ध प्राविधिकहरु भन्छन् ‘भैरव फिल्म उत्कृष्ट बनेको छ ।' निखिलले आफूलाई शक्तिशाली रुपमा कमब्याक गराउन चाहन्छन् । त्यसैले पनि उनी निकै मेहनतका साथ काम गर्दैछन् । 
Most Visited News (monthly)