Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

झरना र रेखाको कहाँ-कहाँ भयो टकराव ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/01
नेपाली फिल्म बजारमा सधैं नै एउटा लडाईं पर्दा पछाडि चलिरहेको छ । बलिउडमा ३ खान मध्ये को नम्बर १ भन्ने लडाईं चलेजस्तै नेपालमा दुई थापा अभिनेत्रीमा यो युद्ध चलिरहेको देखिन्छ । बाहिर हेर्दा त्यस्तो नदेखिएतापनि भित्री रुपमा अभिनेत्रीद्धय रेखा थापा र झरना थापाको युद्ध चलिरहेको छ ।
 
 
एस.के प्रोडक्शनबाट फिल्म निर्माण गर्दै झरना अभिनेत्रीमा स्थापित बनिन्, रेखाले पाइला टेकिन् । झरनाले थुप्रै हिट फिल्म दिदै गर्दा रेखा फिल्ममा हुर्कदै थिईन् । 'हिरो' फिल्मबाट उदाएकी रेखा विस्तारै चम्कदै गईन्, झरना एकनाशले अगाडी बढिरहिन् ।
 
निर्माता सुनिलकुमार थापाले पत्नी झरनालाई अगाडी बढाउदै गर्दा रेखाले अर्का चर्चित निर्माता छविराज ओझासँग बिहे  गरेसँगै निर्मात्री बनिन् । रेखा र झरनाको फिल्म व्यापारको दुश्मनी यहीबाट नै सुरु भयो । दुबैले आँफैले आँफैलाई नम्बर वान देख्न थाले । 
 
नम्बर वान के आधारमा मान्ने ? अभिनयको कुरा गर्दा रेखाको तुलनामा झरना अगाडी नै देखिन्छिन् । दर्शकको कुरा गर्दा रेखाको अगाडी झरना फितलो देखिन्छिन् । रेखा स्क्याण्डले दर्शकको नजरमा चिनिईन्, झरना अभिनयले । बजारमा रेखा थापालाई नम्बर १ भन्नेहरु धेरै छन् । तर, हिट फिल्मलाई नै हेर्ने हो भने झरनाको पनि पोल्टामा धेरै छन् ।     
 
झरनाले अभिनयमा तारिफ कमाउँदै गर्दा रेखा पर्दा बाहिर लोकप्रिय बनिन् । छोटा पहिरनले रेखालाई नेतादेखि जनतासम्म चिनायो । रेखा स्क्यान्डलमा विशेषत अगाडि बढ्दै गर्दा झरना यसमा पछि परिन् । विस्तारै झरना ओझेल पर्न थालिन् रेखा हरेक कुराबाट अगाडी आउन थालिन् । 
 
रेखा र छविको घरबार विग्रिएका स्क्यान्डल चल्दै गर्दा झरना र सुनिलको सम्बन्ध भने सधैं नै स्थिर देखियो । रेखाले बनाएका सबै फिल्म ब्यापारिक रुपमा र चर्चाका हिसाबले हिट रहे । यता झरनाले निर्माण गरेकामध्ये 'फेसबुक' बाहेक सबै फिल्म हिट छन् ।
 
केही समयअघि रेखाले आफ्नो ब्यानरमा मात्र फिल्म खेल्दै गर्दा झरनाका हातमा दर्जन फिल्म थिए । तर, व्यापारिक रुपमा सबै असफल भएपछि झरना हच्किइन् र केही पछि सरिन् । अवार्डको कुरामा कहिले झरना त कहिले रेखा । अवार्डमा पनि यि दुईको टकराव देखिंदै आयो । 
 
केही समयअघि एक अनलाइनमा कुरा गर्दै झरनाले आफू लामो समयदेखि यो क्षेत्रमा लागेकाले आफू नै नम्बर १ भएको दाबी गरेकी थिइन् । आफ्नो योगदान र सक्रियता अन्य अभिनेत्रीको तुलानामा धेरै भएकाले आफूले नम्बर १ दाबी गर्न सक्ने झरनाको भनाई थियो । यसले पनि दुई अभिनेत्रीमा नम्बर १ को लडाई सधैं भएको स्पष्ट पार्दछ ।
 
रेखाले श्याम भट्टराईलाई निकालेर आँफैंले 'हिम्मतवाली' फिल्म निर्देशन गरिन् । यो फिल्मले व्यापार पनि गतिलै गर्यो । अभिनेत्री र निर्माता पछि रेखाले आफूलाई निर्देशकमा पनि सफल ठहर्याएकी छिन् । रेखाले फिल्म निर्देशन गरे लगतै झरना पनि 'ए मेरो हजुर २'बाट निर्देशनमा हात हाल्दैछिन् । 
 
एक अर्कामा हरेक कुरामा टक्कर दिंदै आएका यी दुई थापा अभिनेत्रीले अब अन्य कुन-कुन बिषयमा पनि आफूलाई अगाडी राख्ने कोशिश गर्ने हुन्, हेर्न बाँकी छ ।
Most Visited News (monthly)