मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काखे बालक च्याप्दै अम्बरेको प्रचारमा निर्देशक

मणिराज गौतम, हेटौंडा, 2014/10/31
एक बर्षे काखे बालक च्यापेरै भएपनि निर्देशक दीपा बस्नेतले फिल्म 'श्री ५ अम्बरे'कोे प्रचारलाई तिब्र बनाएकी छिन् । छोरालाई काखमा च्यापेर पूर्वबाट देशदौडाहामा निस्केकी निर्देशक बस्नेत दमक, झापा, ईटहरी, सर्लाही हुँदै बिहीवार हेटौंडा आईपुगेकी हुन् । 
 
 
'अन्तराल' फिल्मबाट निर्देशनमा डेब्यू गरेकी निर्देशक बस्नेतको दोस्रो फिल्म 'श्री ५ अम्बरे' मंसिर ५ गतेबाट रिलिजमा आउँदै छ । आफूले 'अन्तराल' राम्रो बनाउँदा बनाउँदै पनि कमजोर हल व्यवस्थापन र उपयुक्त प्रचार अभावका कारण सन्तोषजनक व्यापार नभएको स्वीकार गर्दै 'श्री ५ अम्बरे'लाई त्यस्तो हुनबाट बचाउन काखे बालक लिएरै प्रचारमा हिडेको बस्नेतले बताईन् ।
 
बच्चा च्यापेर प्रचारमा हिंड्न गार्‍हो हुन्न ? भन्ने पत्रकारको जिज्ञासामा काखको छोरालाई सम्हाल्दै दीपाले भनिन्, 'एउटी महिलालाई परिवारको साथ भयो भने हर किसिमको काम गर्न सहज हुन्छ भन्ने कुरालाई देखाउन खोजेकी हुँ ।' यस्तै उनले बच्चा जन्मेदेखि नै फिल्मको काम गरेको हुनाले खासै गार्‍हो नभएको बताईन् ।   
 
देशमा गणतन्त्र स्थापनापछि राजतन्त्र हटेपनि समाज, टोल र गाउँमा राजा प्रवृतिका मान्छेहरु रहेको र त्यही राजा हुन खोज्ने व्यक्तिको कथालाई फिल्म 'श्री ५ अम्बरे'मा सिंगारेको दीपाको भनाई छ । प्रचार प्रसारमा हिंडेका निर्माता दीपक आचार्यले मेहनत गरेर फिल्म बनाएकोले सफल हुनेमा ढुक्क रहेको बताए ।