

‘नयाँ जोगीले खरानी धेरै घस्छ’ भन्ने उखान नेपाली फिल्मका लागि पनि लागू भएकै छ । विशेषगरी, नयाँ निर्माता र निर्देशक फिल्मको बिषयवस्तु भन्दा पनि अनावश्यक प्रचारमा बढि खर्च गरिरहेका छन् । गुदी कस्तो छ भन्दा पनि बोक्रामा बढी विश्वास गर्ने र बोक्रालाई नै बिकाउन खोज्ने नयाँ मेकर असफल भएको देखिन्छ ।


एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा चर्चित कलाकारहरुले बिभिन्न प्रस्तुति दिने भएका छन् । अवार्डलाई आकर्षक बनाउनका लागि फिल्मका चर्चित गीतहरूमा आ–आफ्नो प्रस्तुति दिनका लागि कलाकारहरु अभ्यासमा जुटिसकेका छन् ।

राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङले घाँटु नाच्ने भएकी छिन् । पोखरेलीहरूले निर्माण गर्न लागेको ‘याम्फावती दी प्रिन्सेस'मा पोखरेली ठिटी सिपोराले मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन् ।

बितेका दिनले भबिष्यमा कस्तो असर पार्छ भन्ने कथामा ‘पास्ट’ नामक फिल्मको निर्माण कार्य शुरू भएको छ । शुक्रबार (भदौ १३) भक्तपुरको त्रिशुल डाँडामा शुभमुर्हतसँगै सुटिङ सुरु गरिएको यस फिल्मका निर्देशक नवीन निरौला हुन् ।

