Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फराहको रोजाईमा थिईनन् दीपिका

फिल्मीखबर, काठमाण्डौ, 2014/11/02
बलिउड बक्सअफिसमा सबैभन्दा छिटो एक सय करोड कालेक्सन गर्न सफल फिल्म 'ह्याप्पी न्यू इयर'मा अभिनय गरेकी अभिनेत्री दीपिका पादुकोन निर्देशक फराह खानको नजरमा नपरेको रहस्य खुलेको छ । 
 
 
फिल्म 'मै हुँं ना'को बेला निर्देशक फराह खानले 'ह्याप्पी न्यू इयर' निर्माण गर्ने सोच बनाएकी थिईन् । सन् २००४ मा 'मै हुँं ना' निर्माण हुँदा दीपिकाको बलिउडमा इन्ट्री नै भएको थिएन । त्यो बेला फराहले शाहरूख खानको जोडीको रूपमा जुही चावला सोचेकी थिईन् । 
 
जब फिल्म निर्माणको प्रकृया शुरू भो तब जुहीसँग कुरा नमिलेपछी फराहले कैट्रिना कैफलाई अफर गरिन् । 'धूम ३'मा व्यस्त भएकी कैट्रिनाले समय दिन नसकेपछी अन्तत: दीपिकाको पोल्टामा फिल्म पुगेको हो । 
 
लगातार हिट फिल दिएकी दीपिकालाई पाएपछि फराह पनि खुसी भएकी थिईन् । 'चेन्नै एक्सप्रेस'मा शाहरूखसँग जमेकी दीपिका 'ह्याप्पी न्यू इयर'मा पनि जम्न सफल भईन् । अहिले बलिउडमा शाहरूख र दीपिकाको जोडी जमेको बताईन्छ । कुनै बेला शाहरूखसँग काजोलको जोडी जमेको थियो । 
Most Visited News (monthly)