Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

४१ बर्षमा ऐश्वर्या

फिल्मीखबर, काठमाण्डौ, 2014/11/01
पूर्व मिस वल्र्ड एवं बलिउड सुन्दरी ऐश्वर्या राय आज आफ्नो ४१ औ जन्मदिन मनाउँदैछिन् । मिस बल्र्डको ताज जितेपछि बलिउडमा प्रवेश गरेकी ऐश्वर्या सर्वाधिक सफल अभिनेत्री मानिन्छिन् ।
 
 
ऐश्वर्याको जीवन प्रेमबाट पनि अछुतो रहन सकेको छैन । विशेषगरि बलिउडका अभिनेता सलमान खानसँगको ऐश्वर्याको प्रेम प्रसंग सर्वाधिक चर्चित छ । सलमानसँग ब्रेकअप भएपछि ऐश्वर्याले अभिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग बिहे गरेकी थिइन् । 
 
एक सन्तानकी आमा समेत भैसकेकी यी सुन्दरीको सुन्दरताको क्रेज अझै घटेको छैन । लामो समयदेखि बलिउडबाट टाढा रहेर घर गृहस्थिमा व्यस्त ऐश्वर्या इरफान खानसँग एक फिल्ममा काम गर्दै बलिउडमा कमब्याक गर्दैछिन् ।
Most Visited News (monthly)