मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`बागमती`मा डुबेका राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2014/11/01
४५ दिनमा छायांकन सकिएको फिल्म 'बागमती'को इन्ड क्ल्याप तथा पत्रकार भेटघाट कार्यक्रममा अभिनेता राजेश हमाल सबैभन्दा धेरै खुशी देखिए । अन्य कार्यक्रममा ढिलो आउने हमाल यो कार्यक्रममा भने निर्धारित समय १ बजे नै आएका थिए ।
 
 
कार्यक्रममा पनि हमालको फिल्मप्रतिको झुकाव खुबै देखियो । अधिकांश दक्षिण भारतिय प्राविधिक र प्रविधी प्रयोग गरि छायांकन गरिएको यो फिल्ममा हमालका अलवा शिव श्रेष्ठ, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । ट्री इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो फिल्ममा सन्नी(केरला)को लेखन तथा निर्देशन छ । पैसा लगानीमा दिनेश दर्शनधारीलाई उनको टीमले साथ दिएको छ ।
 
निर्माणपक्षले छायांकन अवधीसम्ममा नै २ करोड सकिएको दाबी गरेको छ । बजारमा बृत्तचित्र जस्तो भन्ने हल्ला चलेपनि यसको निर्माण यूनिटले पूर्ण मनोरञ्जनात्मक, पारिवारिक सन्देशमुलक फिल्म बनेको बतायो । बागमती जति सुकै प्रदुषित भएपनि पवित्र नै हुन्छ । यो फिल्मको कथाले पनि समय र परिस्थितका कारण विकृत र विसंगतयुक्त हुन पुगेको पात्र अन्तत: आफ्नो उद्देश्यमा नै फर्कने देखाउन खोजेको छ ।
 
फिल्मलाई आजसम्मकै महंगो बजेटको नेपाली फिल्मको दाबी यसको निर्माणपक्षले गरेको छ । सम्पूर्ण प्रविधी र प्राविधिक दक्षिण भारतबाट ल्याइएकाले पनि बजेट बढेको निर्माता दिनेश दर्शनधारीले बताए । फिल्मलाई माघे संक्रान्तीमा प्रदर्शनमा गर्ने लक्ष्य राखिएको छ । 
 
फिल्मको पोष्ट प्रोडक्शनको काम दक्षिण भारतका चर्चित स्टूडियोमा गर्ने दाबी गरिएको छ । कार्यक्रममा बोल्दै अभिनेता हमालले 'बागमती'मा डुबेर अभिनय गरेकोले राम्रो फिल्म बनेको बताए ।  उनले निक्कै मिहिनेतका साथ फिल्मको छायांकन सकेको बताए । यता अभिनेत्री केकी अधिकारीले पनि यो फिल्म यूनिटसँग जोडिन पाउँदा खुशी लागेको बताइन् ।