Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.36/5.00)
Text size:-
+
-

शाहरूख खान ४९ बर्षमा

फिल्मीखबर, काठमाण्डौ, 2014/11/02

बलिउडका किङ मानिने शाहरूख खान आजबाट ४९ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ मा दिल्लीमा जन्मिएका शाहरूख हाल बलिउडका सर्वाधिक सफल कलाकार मानिन्छन् ।



शाहरूखलाई जन्मदिनको शुभकामना दिन मध्यरातदेखि नै उनको निवास अगाडी फ्यानहरुको ठूलो भिड लागेको छ । यतिबेला शाहरूखले नै अभिनय गरेको फिल्म ‘ह्याप्पी न्यू ईयर’ पनि बक्स अफिसमा सफलताका साथ चलिरहेको छ ।

शाहरूखले आफ्नो करिअरको सुरुवात टिभीबाट गरेका हुन् । ‘फौजी’ सिरियलमा आर्मीको भूमिकामा काम गरेका उनले ‘दीवाना’ फिल्म गरेपछि अभिनेताको रुपमा आफूलाई चर्चामा ल्याएका थिए ।

शाहरूखलाई बलिउड बादशाह, किङ अफ रोमान्स, बलिउडका किङ, किङ खान लगायतका उपनामकले समेत सम्बोधन गरिन्छ । विश्वकै दोश्रो धनी कलाकार समेत रहेका शाहरूख नयाँ फिल्म ‘फ्यान’को सुटिङमा समेत व्यस्त छन् ।

शाहरूखको घर मन्नत भारतकै महंगो घरमा पर्छ । जसको ब्रान्ड भ्यालु २ सय ५० करोड रहेको बताइन्छ । करिब ६ सय करोड डलरका मालिक शाहरूख सर्वाधिक धेरै प्रोडक्टका विज्ञापनमा काम गर्ने कलाकार समेत हुन् ।

Most Visited News (monthly)