अभिनेत्री नीता ढुंगानाले नव–कलाकार अमेश भण्डारीसँग विगत ३ बर्षदेखि प्रेममा रहेको खुलाएकी छिन् । दिनेश डीसीको निर्देशनमा बनिरहेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’मा अभिनय गर्दै गरेकी नीताले सोही फिल्मका अभिनेता अमेशसँग गहिरो प्रेममा रहेको खुलासा गरेकी हुन् ।

फेसबुकमा ‘वीथ माइ लाइफ’ लेख्दै नीताले अमेशसँगको प्रेम सार्वजनिक गरेकी हुन् । ३ बर्ष अगाडि एउटा स्कुलको कार्यक्रममा पुग्दा नीता र अमेशको भेट भएको हो । एउटा ह्यान्डसम युवकले आफूलाई निरन्तर हेरेपछि लाज लागेको बताउने नीताले त्यसपछिका भेटघाटले प्रेमको रुप लिएको बताइन् ।
उसो त नीता र अमेश सानैदेखिका साथी पनि हुन् । सानोमा उनीहरु एकसाथ खेल्थे पनि । अर्को बर्ष बिहे गर्ने योजनामा रहेको यो जोडी अहिले करिअरप्रति नै सजग देखिन्छ ।
प्रेमी नै हिरो भएपछि नीतालाई फिल्ममा काम गर्न पनि सजिलो भएको छ । आलिंगनदेखि चुम्बनका दृश्य दिन पनि उनी प्रेमीसँग सहज हुने बताउँछिन् । नीताले प्रेम सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । अमेश नीताकी काकीको साथीका छोरा हुन् ।

