Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हद भन्दा बढि माया गर्छिन् पूजना

फिल्मीखबर, काठमाण्डौ, 2014/11/04
सडक बालबालिकाको कथामा बनेको फिल्म 'चकलेट'को गीतको सुटिङ पोखरामा गरिएको छ । 'हद भन्दा बढि माया गर्छु' बोलको गीतमा निर्देशक प्रशन्न पौडेलले अभिनेत्री पूजना स्त्रीसँग नव अभिनेता आयुष्मान घिमिरेको जोडी जमाए । 
 
 
पूजनाले आयुष्मानसँग आफ्ना मनका भावना साटेको प्रस्तुत गीतलाई मिलन आमात्य र विश्व नेपालीले गाएका  हुन् । शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्द रहेको उक्त रोमान्टिक गीतमा प्रशन्नले पूजना र आयुष्मानलाई नचाए । 
 
 
दुई दिन लगाएर सुटिङ गरिएको यो गीत आज सकेर युनिट काठमाण्डौ फर्कने फिल्मका निर्देशक निर्मल शर्मा 'गैंडा'ले जानकारी दिए । उनका अनुसार यो गीतसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको छ । छिट्टै नै रिलिज गर्ने योजनाका साथ फिल्मको पोस्ट प्रोडक्सनको काम पनि चलिरहेको उनको भनाई छ ।
 
 
पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेको यो फिल्ममा पूजना र आयुष्मानको साथमा अनुज शाक्य, नम्रता झा, केशव भट्टराई, सुमन गैरेसहित आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । 
Most Visited News (monthly)