मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

बिर्खे सुवासलाई अनुहार देखाउन गार्‍हो

फिल्मीखबर, काठमाण्डौ, 2014/11/03

फिल्म 'बिर्खेलाई चिन्छस्'का निर्माता तथा कलाकार सुवास थापा पछिल्ला केही दिनदेखि मिडियाको अगाडि पर्न चाहन्नन् । सोमबार आयोजना भएको उनी अभिनित फिल्म 'सरी ल'को प्रिमियरमा उनी संचारकर्मी र क्यामेराको अघि पर्न नै चाहेनन् ।

अभिनेत्री अनिता आचार्य र अभिनेता राजन खतिवडा

 

अभिनेत्री अनिता आचार्य र निर्देशक ऋषि लामिछाने


प्रिमियरमा संचारकर्मीले सुवासलाई खोज्दै गर्दा उनी भने अनुहार लुकाएर बसेका थिए । उनी आएको र गएको संचारकर्मीलाई मात्र होइन फिल्म यूनिटलाई पनि पत्तो भएन । जसका कारण पनि मिडियामा उनको कुनै पनि तस्बिर कैद भएन ।

आफ्नो फिल्म चल्दा मिडियामा आएका समाचारलाई लिएर उनले विभिन्न खालका टिकाटिप्पणी सहित फेसबुकमा संचारकर्मीलाई गाली गरेका थिए । त्यही लाजले गर्दा सुवासलाई मिडियाको अगाडि अनुहार देखाउन गाह्रो परेको हुनसक्छ ।

निर्माता कृष्ण बहादुर महर्जन र अभिनेता राजन खतिवडा

 

निर्माताद्धय सुवास गिरी छबिराज ओझा


सुवास मिडियाको सामुबाट टाढा भाग्दा नव–अभिनेत्री अनिता आचार्य र अर्का कलाकार राजन खतिवडा लाइमलाइटमा रहे । ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्मको प्रदर्शन हुनुभन्दा केही दिन अगाडि नै प्रिमियर गरिएको हो ।

कृष्ण महर्जनको निर्माणमा तयार भएको फिल्मको प्रिमियरमा निर्माताहरु छविराज ओझा, माधव वाग्ले, सुवास गिरी, शक्तिवल्लभ घोरासैनी, कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, सरिता लामिछाने, निर्देशक गोपालचन्द्र लामिछाने लगायतको उपस्थिती थियो ।
 

तस्विर : बिनोद पोखरेल