बलिउड बादशाह शाहरूख खानले यशराज फिल्म्सको 'धुम' फिल्मको चौंथो सिरिजका लागि अफर गरे काम गर्न राजी हुने बताएका छन् । आफ्नो जन्मदिनको अवसर पारेर आयोजना गरिएको एक समारोहमा पत्रकारसामु बोल्दै खानले भने, 'धुम ४ का लागि अफर आए खुसीका साथ काम गर्न तयार हुनेछु ।'
यशराज फिल्म्सकै 'फ्यान' फिल्मको सुटिङमा व्यस्त रहेका शाहरूखले आदित्य चोपडाले अहिलेसम्म अभिनयका लागि अफर नगरेको भन्दै धूमको सिरिजमा प्रयोग गरिएको मोटरसाईकलले आफूलाई आकर्षित गरेको समेत खुलाए । यस्तै उनले धूमको सबै सिरिज मन परेको समेत बताएका छन् ।
यस्तै शाहरूखले ब्लकबस्टर फिल्म 'दिलवाले दुल्हनियां ले जाएगें'को १००० साता पुगेको उपलक्ष्यमा एक भव्य समारोहको आयोजना गरी खुसी साट्ने समेत बताए । १९ बर्ष अगाडी रिलिज भएको यो फिल्मले एक महिनापछि रिलिजको एक हजार साता पूरा गर्नेछ । आदित्य चोपडाको डेब्यू निर्देशन रहेको यो फिल्ममा शाहरूख र काजोल मुख्य भूमिकामा थिए ।

