Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ बर्षमा दीपिका बलिउडकी रानी

फिल्मीखबर, काठमाण्डौ, 2014/11/10

बलिउडकी रानी उपनामले चिनिने दीपिका पादुकोणको कथा निक्कै रोचक छ । सात बर्ष अघि यही समयमा बलिउडमा प्रवेश गर्दा उनी स्थान खोज्दै थिइन् । आज समय फेरिएको छ, दीपिकाले बलिउडमा आफ्नो दबदबा बनाउन सफल छिन् ।

 

सन् २००७ मा फराह खानको फिल्म ‘ओम शान्ती ओम’मा दीपिकाले बलिउड बादशाह साहरुख खानको साथ पहिलोपटक काम गरिन् । यो फिल्मको सफलतासँगै दीपिकाको बलिउड उचाई पनि चुलियो । यहि फिल्मबाट दीपिकाले फिल्म फेयर अवार्डमा उत्कृष्ट डेब्यू अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।

दीपिकाले आजसम्म ‘ओम शान्ती ओम’, 'बच्ना ए हसिनों', 'लभ आजकल', 'कक्टेल', 'हाउसफूल', 'आरक्षण', 'कार्तिक कलिङ कार्तिक', 'ए जवानी है दिवानी', 'रेस २', 'चेन्नै एक्सप्रेस', 'रामलीला', 'ह्याप्पी न्यू इयर' जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् । जसमध्ये सर्वाधिक सफल ‘चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ भए ।

गतबर्ष दीपिकाले अभिनय गरेका ४ फिल्मले बक्स अफिसमा १ सय करोडको रेकर्ड राखे । दीपिका अभिनित ‘चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ बक्स अफिसमा २ सय करोड कमाउने फिल्म हुन् ।

सात बर्ष बलिउडमा बिताउँदै गर्दा दीपिकाका जीवनमा सफलता र असफलता दुबै भेटिए । दीपिका असफल क्षणमा धैर्यता आवश्यक रहेको बताउँछिन् । सफलता र असफलता जीवनका २ पाटा भएको भन्दै दीपिकाले धैर्यताले नै आफू यो स्थानमा आएको प्रतिक्रिया दिइन् ।

ब्याण्डमिन्टनमा समेत सफल पादुकोणको प्रेम जीवन सधैं चर्चामा रहेको छ । बलिउडमा आएसँगै उनको नाम अभिनेता रणवीर कपुरसँग जोडियो । तर, लामो समयको प्रेम पश्चात यो जोडी अलग भयो । अहिले दीपिकाको नाम अर्का नायक रणवीर सिंहसँग जोडिएको छ ।

बलिउडमा सफल फिल्म दिने सूचीको अंग्रपंक्तीमा रहेकी दीपिका यतिबेला अमिताभ बच्चनसँग 'पिकु' फिल्ममा काम गरिरहेकी छिन् ।

Most Visited News (monthly)