Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

आर्यन र अनिताको `अलबिदा` प्रेम (गीत रिलिज)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/10
मुस्लिम र हिन्दू समुदायको कथा भन्ने फिल्म 'अलबिदा'को रोमान्टिक गीत रिलिज गरिएको छ । आगामी पौष २५ गते रिलिज हुन लागेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अनिता आचार्यले आफ्नो प्रेमभाव दर्शाएका छन् ।
 
 
सुक गुरूङको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको प्रस्तुत गीतमा तारासँगै रजिना रिमालले स्वर भरेका छन् । करियोग्राफी रामजी लामिछानेको रहेको छ भने छायाँकन रामेश्वर कार्कीले गरेका हुन् ।  
 
'अलबिदा'मा अनिता र आर्यनको साथमा हसन खानको पनि मुख्य भूमिका छ । फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’को कथा निर्माता समेत रहेका हसन खानले लेखेका हुन् । 
 

Most Visited News (monthly)