लामो समयदेखि छायाँकन हुन नसकेको फिल्म 'नो स्मोकिङ'को सुटिङ शुरू गरिएको छ । केहि दिनदेखि छायांकनरत यो फिल्मले आइतवार सुन्दरीजलको आसपासमा छायांकन गर्दै प्याकअप गरेको छ ।
.jpg)
निर्देशक दाहालले यस फिल्ममा धुम्रपानले पार्ने असरलाई देखाइएको बताए । 'धुम्रपानको लत लाग्दा पर्ने असरलाई हामीले यसमा फिल्मी शैलीमा प्रस्तुत गरेका छौं', निर्देशक दाहालले बताए । खैरावङ् फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्मलाई मुरारी पोखरेलले निर्माण गरेका हुन् ।
फिल्ममा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश देवकोटा लगायतको अभिनय रहेको छ । पोष्टप्रोडक्सनमा जाने तरखरमा रहेको यस फिल्मलाई आउदो बैशाख ११ मा रिलिज गरिने निर्देशक दाहालले बताए ।

