Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकारको फिल्म हेरे पत्रकारले

फिल्मीखबर, काठमाण्डौ, 2014/11/09
सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्म ‘एउटा साथी’को आज राजधानीमा विशेष शो सम्पन्न भएको छ । उक्त शोमा फिल्म पत्रकार र केही फिल्मकर्मी 'एउटा साथी' हेर्न उपस्थित थिए । 
 
 
कलेज लाइफ र युवाहरुको प्रेम, मित्रता र विछोडको कथालाई सुशिल पंगेनीले कोरेका छन् । फिल्ममा समावेश संवादमा सञ्चारकर्मी मज्जैले हाँसे । बिशेषगरी निर्देशक सोभित बस्नेतले आँफैले आफ्नै व्यङ्य गरेको पक्षलाई सञ्चारकर्मीले रूचाएको पाईयो । निर्देशक सुवेदीलाई सञ्चारकर्मीले सफलताको शुभकामना दिए । 
 
 
फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, अनु शाह, शिशिर भण्डारी, शोभित बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । कार्तिक २१ बाट प्रदर्शनमा आएको यो फिल्ममा राम खनालको लगानी, राजेन्द्र खड्गीको द्धन्द निर्देशन, टंक बुढाथोकीको संगीत रहेको छ ।  
Most Visited News (monthly)