Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.20/5.00)
Text size:-
+
-

जीवनलाई बचाउने `भूलभुलैया`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/10

अभिनेता जीवन लुईटेल यो बर्ष सुटिङमा निकै व्यस्त रहे । तर, उनको यो बर्ष रिलिज हुने फिल्मको लिस्ट भने लामो छैन । उनको यो बर्ष 'शिशा' 'ठूली' र 'स्टुपिड मन' रिलिज भए । 'शिशा' र 'ठूली'बाट जीवनलाई खासै राहत मिलेन । 'स्टुपिड मन'बाट भने जीवनलाई केही फाईदा पुग्यो ।


अब जीवनको आश भनेको 'भूलभुलैया'मा छ । आगामी चैत्र १३ गते प्रदर्शन हुने भनिएको यो फिल्ममा जीवनसँग नीता ढुंगानाले अनस्क्रिन साथ दिएकी छिन् । जीवन र नीताको यसअघि 'नोटबुक' फिल्ममा जोडी जमेको थियो । यही जोडीलाई पुन: जमाउन निर्देशक योगेश घिमिरेले 'भूलभुलैया'मा लिएका हुन् ।

दिनेश कुमार पोखरेलको प्रस्तुतीमा निरज ढकाल, सुशिल कार्की, सुरेश गौतम र मणिराज दाहालले निर्माण गरेको यो फिल्ममा जीवन र नीताको साथमा सोहित मानन्धरको पनि मुख्य भूमिका छ । फिल्ममा बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । 

Most Visited News (monthly)