आगामी शुक्रबार अर्थात कार्तिक २८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म 'जेरी'ले चलचित्र जाँचपास समितिबाट 'युनिभर्सल' सर्टिफिकेट पाएको छ । सोमबार बिहान सेन्सर बोर्डका सदस्यले फिल्म हेरेर 'यू' सर्टिफिकेट दिएका हुन् ।
'फिल्मलाई सेन्सर बोर्ड सदस्यहरूले रूचाउनु भयो । आशा छ, दर्शकहरूले पनि रूचाउनु हुनेछ', निर्माता मनोज शेरचनले भने । अहिलेका टिनेजर केटाकेटीको मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको भनिएको यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
प्रतिक्षित फिल्मको लिस्टमा रहेको 'जेरी'मा अभिनेता अनमोल केसी शिर्ष भूमिकामा छन् । अनमोलको 'जेरी'मा एना शर्माले मायाको रस भर्ने काम गरेकी छिन् । फिल्म अनमोल र एनाकै वरिपरि घुमेको छ ।

