मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चल्दैछ अम्बरे | यसरी हुँदै छ तारिफ (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/26
प्रचार प्रसारमा शुरुवातदेखि नै नौलो तरिका अपनाउदै आएको फिल्म 'श्री ५ अम्बरे' युनिटले पुन: नयाँ टिभिसी सार्वजनिक गरेको छ । यसअघि  चर्चित हास्यश्रृंखला 'भद्रगोल'का कलाकारलाई समेटेर तयार पारिएको विज्ञापनले राम्रो प्रभाव पारेपछि अहिले चर्चित हास्यश्रृंखला 'मेरीवास्यै'का कलाकारहरुलाई लिएर विज्ञापन निर्माण गरेको हो ।
 
दर्शकको मन जितेको यो फिल्मको प्रस्तुत टिभिसीले दर्शकलाई हलसम्म तान्न प्रेरित गर्ने विश्वास निर्माताको छ । नेपालभर सन्तोषजनक व्यापार गरिरहेको 'श्री ५ अम्बरे'को नेतादेखि फिल्मकर्मी, सञ्चारकर्मी तथा दर्शकले खुलेर तारिफ गरेको पाईएको छ । फिल्म हेर्नेहरूले अत्यन्तै गहन विषयबस्तुमा राम्रो फिल्म बनेको प्रतिक्रिया दिएका छन् । 
 
जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित यो फिल्मलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, दिवाज राई, राज गदाईलीलगायतको अभिनय रहेको यो फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् । टि. एन. आचार्य र दिपक आचार्य फिल्मका निर्माता हुन् ।