मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पिता बने रितेश देशमुख

फिल्मीखबर, काठमाण्डौ, 2014/11/26
बलिउड अभिनेता रितेश देशमुखलाई पुत्र लाभ भएको छ । मंगलबार उनको पत्नी तथा अभिनेत्री जेनेलिया डिसुजाले छोरालाई जन्म दिएकी हुन् । आफु पिता बनेको खबर रितेशले ट्वीटर मार्फत जानकारी गराएका हुन् । 
 
 
अस्पातालमै रहेकी जेनेलिया र उनको सन्तानको स्वस्थ्य राम्रो रहेको बताइएको छ । रितेश र जेनेलियालाई पुत्र लाभ भएकोमा बलिउडका हस्तीहरूले उनीहरूलाई बधाई दिएका छन् ।
 
रितेश र जेनेलियाले सन २०१२ मा प्रेम विवाह गरेका थिए । रितेश र जेनेलियाले 'तुझे मेरी कसम' र 'तेरे नाल लभ हो गया'मा सँगै अभिनय गरेका छन् । यि दुईको पहिलो भेट 'तुझे मेरी कसम' फिल्मको सुटिङको क्रममा भएको हो । रितेश र जेनेलिया बलिउडका कुशल कलाकार मानिन्छन् ।