मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`धून`मा जीवन र नीताको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2014/11/25

चैत्र ६ लाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘धुन’ को अफिसियल गीत रिलिज गरिएको छ । मंगलवार सार्वजनिक फिल्मको ‘केहि पल’ बोलको यो गीतमा अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गाना फिचरिङमा छन् ।


लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतले जीवन र नीताको प्रेम भावलाई प्रस्तुत गरेको छ । गीतमा मिलन अमात्यको स्वर रहेको छ भने कोरियोग्राफी प्रदिप श्रेष्ठको रहेको छ ।

सांगीतिक प्रेम कथामा आधारित यो फिल्मलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । फिल्मको प्रस्तुतकर्ता मालती शाह हुन् भने सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको लगानी रहेको छ ।‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय छ ।