Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`अभिनय गर्दिन` : निर्मल शर्मा `गैंडा`

फिल्मीखबर, काठमाण्डौ, 2014/11/25

कलाकार, निर्माता तथा निर्देशकको रूपमा परिचित निर्मल शर्मा गैंडाले अबको एक बर्ष अभिनय नगर्ने बताएका छन् । 'तितो सत्य' नामक हाँस्य टेलिफिल्मका 'गैंडा' पात्रले सन् २०१५को अन्त्य सम्म अभिनय नगर्ने घोषणा गरेका हुन् ।

झन्डै ६ महिनादेखि 'तितो सत्य'मा नदेखिएका निर्मलले अबको एक बर्ष फिल्म निर्देशनमा नै व्यस्त हुने जानकारी दिए । 'तीन वटा फिल्म निर्देशन गर्ने पक्का भएको छ । त्यसैले एक बर्ष निर्देशनमा नै व्यस्त हुनेछु', निर्मलले भने । उनले विज्ञापनमा भने अभिनय गर्ने बताए । समय धेरै दिन नपर्ने हुनाले विज्ञापनमा अभिनय गर्ने उनको भनाई छ ।  

'चकलेट' फिल्म निर्देशन गरेका निर्मलले अब 'ब्रास्लेट' नामको फिल्म निर्देशन गर्ने बताए । 'चकलेट'को पोस्ट प्रोडक्सनमा व्यस्त रहेका शर्माले भने, 'मैले बनाउने फिल्म अर्थपूर्ण हुन्छन् । 'चकलेट' जस्तै 'ब्रास्लेट' पनि एउटा अर्थ बोकेको फिल्म हुनेछ ।'

फिल्म 'चकलेट'ले सडक बालबालिकाको कथालाई उठाएको छ भने 'ब्रास्लेट'ले भड्केको आत्माको कथा बोकेको छ । निर्माताको नाम सार्वजनिक गर्न नमानेका शर्माले सुटिङ मिति पनि तय नभएको बताए । उनले 'ब्रास्लेट' पछि अन्य दुई फिल्म निर्देशन गरेपश्चात मात्र अभिनयमा आउने बताए ।

निर्मलले अभिनय गरेको अन्तिम फिल्म 'होस्टल रिटर्न्स' हो । यस्तै उनले अभिनय गरेको फिल्म 'लभ यू बाबा' यही मंसिर २६ गते रिलिज हुँदैछ । भने उनी निर्माता रहेको फिल्म 'वडा नम्बर छ'को सुटिङ आजैबाट शुरू भएको छ । यो फिल्ममा उनको सकृयता 'छ एकान छ'मा जस्तो नहुने भएको छ ।
 

Most Visited News (monthly)