कलाकार, निर्माता तथा निर्देशकको रूपमा परिचित निर्मल शर्मा गैंडाले अबको एक बर्ष अभिनय नगर्ने बताएका छन् । 'तितो सत्य' नामक हाँस्य टेलिफिल्मका 'गैंडा' पात्रले सन् २०१५को अन्त्य सम्म अभिनय नगर्ने घोषणा गरेका हुन् ।
झन्डै ६ महिनादेखि 'तितो सत्य'मा नदेखिएका निर्मलले अबको एक बर्ष फिल्म निर्देशनमा नै व्यस्त हुने जानकारी दिए । 'तीन वटा फिल्म निर्देशन गर्ने पक्का भएको छ । त्यसैले एक बर्ष निर्देशनमा नै व्यस्त हुनेछु', निर्मलले भने । उनले विज्ञापनमा भने अभिनय गर्ने बताए । समय धेरै दिन नपर्ने हुनाले विज्ञापनमा अभिनय गर्ने उनको भनाई छ ।
'चकलेट' फिल्म निर्देशन गरेका निर्मलले अब 'ब्रास्लेट' नामको फिल्म निर्देशन गर्ने बताए । 'चकलेट'को पोस्ट प्रोडक्सनमा व्यस्त रहेका शर्माले भने, 'मैले बनाउने फिल्म अर्थपूर्ण हुन्छन् । 'चकलेट' जस्तै 'ब्रास्लेट' पनि एउटा अर्थ बोकेको फिल्म हुनेछ ।'
फिल्म 'चकलेट'ले सडक बालबालिकाको कथालाई उठाएको छ भने 'ब्रास्लेट'ले भड्केको आत्माको कथा बोकेको छ । निर्माताको नाम सार्वजनिक गर्न नमानेका शर्माले सुटिङ मिति पनि तय नभएको बताए । उनले 'ब्रास्लेट' पछि अन्य दुई फिल्म निर्देशन गरेपश्चात मात्र अभिनयमा आउने बताए ।
निर्मलले अभिनय गरेको अन्तिम फिल्म 'होस्टल रिटर्न्स' हो । यस्तै उनले अभिनय गरेको फिल्म 'लभ यू बाबा' यही मंसिर २६ गते रिलिज हुँदैछ । भने उनी निर्माता रहेको फिल्म 'वडा नम्बर छ'को सुटिङ आजैबाट शुरू भएको छ । यो फिल्ममा उनको सकृयता 'छ एकान छ'मा जस्तो नहुने भएको छ ।
मिति : २०८१ वैशाख ६, बिहिवार
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-
`अभिनय गर्दिन` : निर्मल शर्मा `गैंडा`
फिल्मीखबर, काठमाण्डौ, 2014/11/25
- अशोक दर्जीलाई लिएर फिल्म बनाउँदै टंक
- दयाहाङ र मिरुनाको ‘मनसरा’ ट्रेलरमा के छ ?
- ‘छक्का पञ्जा ४’ विवाद : प्रहरीमा हेमराजको उजुरी, दीपकराज भन्छन्, ‘हिलो छ्याप्ने नियत हो’
- ‘ह्रस्व दीर्घ’ पोस्टरमा हरिहरको दुई रुप
- अनमोलको डेब्यू फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखला बन्ने
- ८ वर्षपछि जुर्यो प्रदीप र सुदर्शनको सहकार्य
- रमितको ‘नमेटिने घाउ’मा माधव नेपालले गरे अभिनय
- ‘बोक्सीको घर’को फरक प्रचार शैली, सेलिब्रेटीलाई केक उपहार
- पूर्वेली दर्शक भेट्न निस्किए दयाहाङ, आँचल र विजय
- निगमको ‘भाइरल गोर्खे’मा सौगात र सृष्टि