मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरले कट्रिनासँग रोमान्स नगर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/11/25

रियल लाइफ जोडी रणवीर कपुर र कट्रिना कैफले पर्दामा भने रोमान्स नगर्ने भएका छन् । अनुराग बासुले निर्देशन गर्न लागेको नयाँ फिल्मका लागि यी दुई कलाकारलाई लिने चर्चा थियो । तर, कट्रिनाको समय नमिलेपछि उनले आफ्ना प्रेमी रणवीर कपुरसँग रोमान्स गर्न नपाएकी हुन् ।


वासुले कट्रिनालाई आफ्नो प्रोजेक्टमा लिन इच्छुक भएपनि उनको डेट नमिलेकाले काम गर्न नसकेको प्रष्ट पारेका छन् । अनुराग यतिबेला चर्चित गायक किशोर कुमारको जीवनीमा आधारित रहेर एक बायोपिक फिल्म बनाउदैछन् । जसका लागि रणवीर कपुर मुख्य भूमिकामा देखिने करिब पक्का भएको छ ।

अनुरागले यो फिल्मका लागि रणवीरलाई विगत ६ महिनादेखि पर्खिरहेका छन् । रणवीरको फुर्सद मिल्नासाथ फिल्मको सुटिङ गर्ने अनुरागको योजना छ । किशोर कुमारको जीवनीमा बन्ने फिल्मलाई भिन्न तरिकाले प्रस्तुत गर्ने अनुरागको भनाइ छ ।