
अभिनेत्री अशिष्मा नकर्मीले आफूलाई अन्य हिरोइनसँग डाहा नलाग्ने बताएकी छिन् । आफूले अभिनय गरेको फिल्म ‘अधकट्टी’को प्रेसमिटमा अशिष्माले भनिन्, 'अहिलेको पुस्ता डाह गर्ने नगरी काँधमा काँध मिलाएर हिंड्न रूचाउँछन् ।'

निर्माता प्रदिप कुमार उदयले फिल्म ‘अधकट्टी’ प्रदर्शन नहुँदै नयाँ दुई फिल्मको घोषणा गरेका छन् । जसमा 'नमस्ते नेपाल' र 'प्रोडक्शन नम्बर ३' छन् । 'प्रोडक्शन नम्बर ३' को नाम भने परिवर्तन हुन सक्ने बताइएको छ ।

अभिनेता निखिल उप्रेती अहिले आफ्नो पुरानो क्रेजलाई फर्काउन लागिपरेका छन् । सर्लाहीमा आफ्नै निर्देशनमा 'भैरव' फिल्मको छायांकन गरिरहेका निखिलले एक्सन अवतारलाई निरन्तरता दिएका छन् ।

चिनियाँ नागरिक हु वाई निर्देशित 'द बटरल्याम्प' ले एकादेशमा फिल्म महोत्सवको जुरी अवार्ड जितेको छ । यो जितसँगै उक्त फिल्मले नगद रू ५१ हजार पायो ।

पोखरामा ‘अन्तराष्ट्रिय म्यानहटन लघु फिल्म महोत्सव’ हुने भएको छ । पोखरा फिल्म सोसाईटीको आयोजनामा महोत्सव हुने भएको हो । सँगसंगै फिल्मसम्बन्धि कार्याशाला गोष्ठी समेत गरिने आयोजकले जानकारी दिएको छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा फिल्म निर्माता बन्दै छिन् । 'गड लिभ्स इन हिमालयज' र निर्माणक्रममै अड्किएको 'गुडबाई काठमाण्डौ' फिल्ममा अभिनय गरेकी माल्भिकाले फिल्म क्षेत्रको परिवर्तनले निर्माता बनाएको बताएकी छिन् ।

