Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

`बाटो मुनिको फूल २`मा कलाकारको भिड

फिल्मीखबर, काठमाण्डौ, 2014/11/25

फिल्म 'बाटो मुनिको फूल' हिट भएपछि निर्माता तथा गायक यश कुमार यसको सिक्वेल बनाउन तम्सिएका छन् । उनले बनाउन लागेको यसको सिक्वेल `बाटो मुनिको फूल २`को छायांकन माघ १८ बाट सुरु हुँदैछ । यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् ।

यसअघि 'बाटो मुनिको फूल'लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए । गायक तथा कलाकार यश कुमारले नाल्बोको समय नमिलेकाले काम गर्न नसकेको बताए । फिल्मका कलाकारका रुपमा बाबु बोगटी, यश कुमार, ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी मात्र पक्का भएका छन् । अन्य मुख्य भूमिकामा काम गर्ने कलाकार तय नभैसकेको यश कुमारले बताए ।

यशका अनुसार, अन्य कलाकार पक्का भएपछि मात्र सार्वजनिक रुपमै फिल्मको घोषणा हुनेछ । कलाकार धेरै भएकाले पनि सबैको समय मिलाउन गाह्रो भएको यशको भनाई छ । 'बाटो मुनिको फूल'का मुख्य कलाकार रेखा थापा र नन्दिता केसी यसको सिक्वेलमा देखिने छैनन् । फिल्ममा यश कुमार आफैले संगीत दिएका छन् ।

Most Visited News (monthly)