फिल्म 'बाटो मुनिको फूल' हिट भएपछि निर्माता तथा गायक यश कुमार यसको सिक्वेल बनाउन तम्सिएका छन् । उनले बनाउन लागेको यसको सिक्वेल `बाटो मुनिको फूल २`को छायांकन माघ १८ बाट सुरु हुँदैछ । यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् ।
यसअघि 'बाटो मुनिको फूल'लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए । गायक तथा कलाकार यश कुमारले नाल्बोको समय नमिलेकाले काम गर्न नसकेको बताए । फिल्मका कलाकारका रुपमा बाबु बोगटी, यश कुमार, ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी मात्र पक्का भएका छन् । अन्य मुख्य भूमिकामा काम गर्ने कलाकार तय नभैसकेको यश कुमारले बताए ।
यशका अनुसार, अन्य कलाकार पक्का भएपछि मात्र सार्वजनिक रुपमै फिल्मको घोषणा हुनेछ । कलाकार धेरै भएकाले पनि सबैको समय मिलाउन गाह्रो भएको यशको भनाई छ । 'बाटो मुनिको फूल'का मुख्य कलाकार रेखा थापा र नन्दिता केसी यसको सिक्वेलमा देखिने छैनन् । फिल्ममा यश कुमार आफैले संगीत दिएका छन् ।
मिति : २०८० चैत्र १५, बिहिवार
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-
`बाटो मुनिको फूल २`मा कलाकारको भिड
फिल्मीखबर, काठमाण्डौ, 2014/11/25
- ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’
- क्यूएफएक्सले गर्यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा
- ‘बलिदान’मा नीतिको सम्भावना कति ?
- गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा
- यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा
- फागुनका ६ फिल्म : ‘अगस्त्य’ औसत, अरु डुबे
- बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
- ‘बाटो’का निर्माताले किन हाले अशोक शर्माविरुद्ध उजुरी ?
- ‘महाजात्रा’को गीतमार्फत् २०८२ को दशैंमा नयाँ फिल्म ल्याउने घोषणा
- ‘वर एन्ड वधु’का लागि विवेकले बनाए सुगठित शरीर