मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नाइके` ट्रेलर रिलिज | सलमानको स्टाईलमा आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2014/11/27
ब्ल्याक स्याडो प्रोडक्शन'को ब्यानरमा निर्माण भएको फिल्म 'नाईके'को नयाँ ट्रेलर सर्वजनिक भएको छ | नेत्र गुरुङले निर्देशन गरेको यो फिल्मको ट्रेलर दर्शकलाई आकर्षित गर्न पूर्ण रूपमा कमर्शियल बनाईएको छ जहाँँ अभिनेता आर्यन सिग्देललाई सलमान खानको स्टाईलमा प्रस्तुत गरिएको छ । 
 
आउदो मंसिर १९ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको 'नाइके'बाट आर्यनको लभरव्यायको छाप मेटिने अपेक्षा गरिएको छ । फिल्ममा आर्यनसँगै सुर्बिना कार्की, रेम बिक, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेन्चुरीलगायतको अभिनय रहेको छ । 
 
बिष्णु हमाल कार्यकारी निर्माता रहेको यो फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीको लगानी छ । ताराप्रकाश लिम्बुको संगीत, सानुकुमार महर्जनको द्धन्दनिर्देशन तथा रोशन लामिछानेको सम्पादन रहेको यो फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन् ।