मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

अप्रेशनपछि के गर्दैछन् आर्यन ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/26
नेपाली फिल्मका चकलेटी अभिनेता आर्यन सिग्देल यतिबेला घुँडाको अप्रेशन गरेर अस्पतालमा छन् । डाक्टरले कहिले डिस्चार्ज गर्छन् थाहा छैन ।  शनिबार अप्रेशन गरेका आर्यनले आफू बल्ल केही बोल्न सक्ने भएको फिल्मीखबरलाई बताए । 
 
 
फिल्म आवेगको छायांकनको समयमा घुँडामा समस्या देखिएपछि आर्यन अप्रेशनको तयारीमा थिए । तर, हातमा आएका सबै फिल्म भ्याउन खोज्दा उनको अप्रेशनमा ढिलाई भएको हो ।
 
घुँडाको लिगामेन्ट्स च्यातिएपछि आर्यनलाई अप्ठ्यारो भएको थियो । अर्कोतिर, उनको घुँडाका हड्डीहरु पनि छुट्टिएका थिए । चिरायू अस्पतालमा अप्रेशन गरेका आर्यनको आज डिस्चार्ज हुने बताइएको छ ।
 
करिब २ महिना आर्यन बैशाखीको साहारामा हिड्नेछन् । उनले यसबिचमा फिल्म गर्न नसक्ने बताए । निरक पौडेलले निर्देशन गर्न लागेको फिल्म 'होमवर्क'मा भने खासै अप्ठ्यारा दृश्य नभएकाले अब २५ दिनपछि काम गर्ने उनको भनाई छ ।
 
आर्यनलाई फिल्मीखबरको तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना ।