छायाँछवि क्रियशनले यही मंसिर १७ गते आयोजना गर्न लागेको डी सिने अवार्डको अवसरमा विभिन्न सम्मान गर्ने घोषणा गरेको छ । जसअनुसार फिल्मकर्मी रजत सम्मानबाट अभिनेत्री मिथिला शर्मा र पब्लिसिटी डिजाइनर सुन्दर श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।
विगत २ दशकदेखि फिल्म पत्रकारिता गर्दै आएका पत्रकार विदुर गिरीलाई छायाँछवि चलचित्र पत्रकारिता सम्मान २०७१ बाट सम्मानित गर्ने निर्णय गरिएको छ । गिरीलाई नगद रु ६ हजार ६ सय ६६ र प्रमाणपत्र प्रदान गरिनेछ । फिल्मकर्मी रजत सम्मानबाट सम्मानित हुने फिल्मकर्मीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिनेछ ।
मंसिर १७ गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा भव्य र सभ्य रुपमा अवार्डको आयोजना हुन लागेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।