मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेपछि हराएका राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2014/11/26
जेठ महिना अघिसम्म पनि अभिनेता राजेश हमाल सधैं एउटै प्रश्नमा घेरिन्थे, आखिर बिहे कहिले गर्ने त ? जवाफ दिएर मिडियामा छाउने राजेश हमाल हिजोआज हराएका जस्तै भएका छन् ।
 
बिहे गरेपछि केहि समय हनिमुनको लागि समय खर्चिएका हमाल हिजोआज भने मिडिया र दर्शक भन्दा केही पर देखिएका छन् । सार्वजनिक कार्यक्रममा हमालको उपस्थिती दुर्लभ जस्तै बन्ने गरेको छ ।
 
केहि साता अगाडी उनले नै अभिनय गरेको फिल्म 'बागमती'को पत्रकार सम्मेलनमा हमाल देखिए । छोटो बोले र हमाल हिडे । के हमालको दिनचर्या फेरिएकै हो त ?
 
समाचारको पानामा सधैं नै छाउने हमालको व्यस्तता फिल्मी दुनियाँ भन्दा बाहिर देखिएको छ । हमालले खोल्ने भनेको उनकै नामको सामाजिक संस्था पनि यसै हराएको छ ।
 
बिहे ४० बर्ष अघि नै गर्नुपर्छ भन्ने सल्लाह हमालले बिहे गरेपछि दिन थालेका छन् । हमाल अहिले मोफसलमा आयोजना हुने महोत्सवमा कुद्न थालेको देखिन्छ । हातमा निक्कै कम फिल्म भएकै कारणले हमालको फिल्मी उपस्थिती कमजोर बनेको बताइन्छ ।
 
उसो त हमाल आफै मिडियाको छेउमा आउने मानिस पनि होइनन् । मिडियालाई पनि हमालसम्म पुग्न अरु कलाकारको जस्तो सजिलो भने छैन । यसकारण पनि हुनसक्छ हमाल बिहे पछि हराएका छन् ।
 
पत्नी मधु भट्टराईको साथमा हमालले पारिवारिक जीवन सुरु गरेपछि उनको फिल्मी सम्बन्ध केही कमजोर देखिएको छ । आफ्नै फिल्मी ब्यानर नहुनु, अरुको ब्यानरमा अफर कम आउनु, आफै निर्देशक बन्ने तयारी पनि कमजोर बन्नु लगायतका कारण हमाल हराउनुमा पर्दछन् ।
 
राजेश हमाल मिडियामा कमजोर हुँदा अन्य अभिनेताहरूले खुल्ने र फक्रने अवसर मज्जैले पाएको देखिन्छ ।