मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

प्रियंकाको घरमा यौनधन्दा

फिल्मीखबर, काठमाण्डौ, 2014/11/27
बलिउड अभिनेत्री प्रियंका चोपडाको स्वामित्व रहेको घरमा यौन धन्दा सञ्चालन हुने गरेको खबर बाहिरिएको छ । यौन धन्दा चलाएको आरोपमा मुम्बइस्थित उनको घर भाडामा लिएर सञ्चालन गरिएको भेरसोभा स्पामा प्रहरीले छापामारी म्यानेजर र ३ जना महिलालाई उद्दार गरेको छ ।
 
 
अँधेरीस्थित प्रियंकाको सो फ्ल्याट मनिक सोनीले भाडामा लिएर स्पा सञ्चालन गर्दै आएकी थिइन् । छापा पछि सोनी फरार रहेको प्रहरीले बताएको छ । ३ हजार स्क्वायर फिटको घर प्रियंका र उनकी आमाको क्लिक नजिकै पर्छ । 
 
पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ । यस्तो खबर सुनेर प्रियंका आश्चर्यमा परेकी छिन् । यो खबर बाहिरिएसँगै प्रियंका भाडा सम्झौता रद्द गर्ने तयारीमा बताइएको छ ।