मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`जेरी`लाई दुई करोड

फिल्मीखबर, काठमाण्डौ, 2014/11/27
गत कार्तिक २८ गतेबाट प्रदर्शनमा आएको लभ स्टोरी फिल्म 'जेरी'ले तेस्रो साताको यात्रा तय गरेको छ । भोली शुक्रबारबाट यो फिल्म सफलताकासाथ तेस्रो सातामा प्रदर्शन हुनेछ । 
 
सिङ्गल स्क्रिनमा भन्दा मल्टिप्लेक्समा रूचाईएको यो फिल्मको दुई साताको व्यापार निकै उत्साहजनक रहेको रिपोर्ट प्राप्त भएको छ । वितरण कम्पनी पपकर्न पिक्चर्सका अनुसार 'जेरी'ले दुई सातामा दुई करोड बराबरको कारोबार गरेको छ । 
 
भोली शुक्रबारबाट दमदार नेपाली फिल्म रिलिज नहुने भएकाले 'जेरी'ले त्यसको फाईदा लिने भएको छ । हेमराज बिसी निर्देशित यो फिल्ममा अनमोल केसी र आना शर्माको मुख्य भूमिका छ । यो फिल्मबाट नै अनमोलको करियरमा उज्यालो छाएको छ ।