सम्पादकको रूपमा परिचित सुरेन्द्र पौडेलको डेब्यू निर्देशन रहेको फिल्म 'आभाष'को टिजर रिलिज गरिएको छ । संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारी, प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको यो लभस्टोरी फिल्मलाई गोबिन्द शाहीले निर्माण गरेका हुन् ।
पुष २५ गतेबाट अल नेपाल रिलिज हुने 'आभाष' मा पवन श्रेष्ठ र दीपक शाहीको पनि लगानी छ । सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपालीको संगीत रहेको यो फिल्मलाई निर्देशक पौडेलले नै सम्पादन गरेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधानको रहेको छ ।