मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री आमाको कमब्याक कति सफल ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/27
बिहे गरेपछि महिला कलाकारहरु एकाएक हराउँछन् । उनीहरुले गर्दै आएको कलाकारिता पनि ओझेलमा पर्छ । बलिउड र नेपाली फिल्म क्षेत्रमा यो रोग अझ बढि देखिन्छ । नेपाली फिल्म क्षेत्रबाट बिहे पश्चात धेरै महिला कलाकार पलायन भएका छन् । अझ सन्तानलाई जन्म दिएपछि त उनीहरु विभिन्न कारणले झनै पर्दा पछाडि लुक्न बाध्य हुन्छन् ।
 
 
अभिनेत्रीहरु ऋचा घिमिरे, संचिता लुईटेल र अरुणिमा लम्साल कुनै बेलाका चल्तीका अभिनेत्री थिए । यिनीहरूले अभिनय गरेका धेरै फिल्म सफल छन् । तर, बिहे गरेपछि उनीहरुले पाएको चर्चा पनि सेलायो ।
 
यसमध्ये अरुणिमा र संचिताले कमब्याक गरेका छन् । अभिनेत्री ऋचा घिमिरे भने २ सन्तानको आमा बनेपछि एकाएक हराइन् । उनी अमेरिका पुगेकी छिन्, कहिले फर्किन्छिन् पत्तो छैन । 
 
अभिनेत्री अरुणिमा लम्सालको कमब्याक पनि फिल्म नगरीमा खासै सुखद बनेन । उनले छोरीलाई जन्म दिएको २ महिनामै 'बजार' नामक फिल्मको प्रिमियरमा आफ्नो उपस्थिती गराइन् । आफैलाई निक्कै चाँडो 'मेन्टेन' गरेकी यी अभिनेत्रीले 'पीपल' र 'उर्वशी' नामक फिल्ममा आफ्नो उपस्थिती जनाइन् । दुई फिल्म चलेको खण्डमा पनि उनको कमब्याक सफल हुने थियो तर सोचे जस्तो भएन । 
 
अर्की अभिनेत्री संचिता लुइटेलको कमब्याक 'नाई नभन्नु ल ३'बाट भएको छ । २ छोरालाई जन्म दिएर केही बर्ष हराएकी संचिताले राम्रो ब्यानर र फिल्मबाट आफूलाई कमब्याक गराएको चर्चा सुरु भएको छ । यो फिल्म चलेको खण्डमा संचिताका लागि पुरानो क्रेज फर्काउन सजिलो हुनेछ । 
 
यस्तै अर्की अभिनेत्री मेलिना मानन्धर पनि अभिनयबाट टाढा नै छिन् । बिशेषगरी आमा बनेपछि मेलिनाको अभिनयमा सकृयता शून्य भएको हो । उनी अहिले सेन्सर बोर्डको सदस्य पदमा छिन् ।  
 
बलिउडमा अभिनेत्री ऐश्वर्या रायले छोरी आरध्यालाई जन्म दिएपछि कमब्याक हुन गाह्रो भैरहेको छ । अभिनेत्री लारा दत्त बलिउडबाट हराएकी छिन् भने शिल्पा सेट्टीको पनि अवस्था उस्तै छ । नेपाली फिल्मका चर्चित अभिनेत्री आमाहरुलाई पनि कमब्याक गर्नु फलामको चिउरा चपाए जस्तै बनेको छ ।