मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`चलेछ बतास सुस्तरी`मा लेखकको लगानी

फिल्मीखबर, काठमाण्डौ, 2014/11/27
आफूलाई महंगो लेखक मान्ने प्रदीप भारद्धाज अब निर्माता बन्ने भएका छन् । 'चलेछ बतास सुस्तरी'को नाम राखेर प्रदीपले फिल्म निर्माण गर्न लागेका हुन् । हाल यो फिल्मको प्रि–पोडक्सनको काम भईरहेको छ । 
 
 
अरुण फिल्मस् प्रालिको ब्यानरमा बन्ने यो फिल्मलाई अरुण खड्का र प्रदीपले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् । सब्बु भारद्धाज र अनिला खड्काले फिल्म निर्देशन गर्ने बताईएको छ । निर्देशकको पृष्‍ठभूमी खुलाईएको छैन । 
 
बिकाश चौधरी र सन्तोष रजौरेको संगीत रहेको फिल्ममा समावेश हुने गीत प्रदिप आफैले लेखेका छन्  । सामाजिक कथा बोकेको यो फिल्मको कलाकार छनोट भईसकेको छैन । फिल्मको सुटिङ यहि बर्षको अन्त्यतिर शुरू हुने प्रदीपले जानकारी गराए ।