
स्मिताको स्वरबाट एकैछिनमा प्रभावित भएका भुवनले आखिर नयाँ फिल्ममा उनलाई गीत गाउन दिने चाहना तुरुन्तै देखाएर प्रचण्ड र एकिकृत नेकपा माओवादीका नेताको मन जित्न त खोजेका हैनन् ? कार्यक्रममा गाइगुइ सुनियो । अब प्रचण्डकी नातिनीले भुवनको नयाँ फिल्ममा गीत गाउँछिन् या गाउँदिनन् समयले नै बताउला ।

संचारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'एउटा साथी'को गीत सार्वजनिक गरिएको छ । 'खाली खाली थियो मन' बोलको गीतमा अभिनेत्री अनु शाह र नयाँँ अनुहार जोन तामाङको अभिनय छ ।

अभिनेत्री झरना थापामा पनि ओस्कर अवार्डको मोहले छपक्कै छोएको छ । त्यसैले ‘ए मेरो हजुर २’ निर्देशन गर्ने सोचाइमा पुगेकी यी अभिनेत्री दुईवटा मैथिली फिल्म खेल्ने सुरसारमा लागेकी छिन्

विनिता यतिबेला अर्गानीक खेती र तरकारीको कुरा गरेर थाक्दिनन् । तर, बिहीवार आयोजना भएको एक कार्यक्रममा उनले कृषि पेशालाई साहित्यमा समेत जोड्न लागेको बताइन् । मिडिया इन्टरनेशनले आयोजना गरेको कार्यक्रममा उनले आफूले कृषि सम्बन्धी उपन्यास लेखिरहेको जानकारी दिइन् ।

निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरेको ‘इच्छा’को रिलिज मिति तय गरिएको छ । यो फिल्म अगामी माघ २ गतेबाट अलनेपाल रिलिज हुनेछ ।


