मोटी दीपाश्री निरौला अनि मोटाउँदै गएका सिताराम कट्टेल 'धुर्मुस' । आज आयोजना भएको कामना फिल्म अवार्डमा दीपाश्री निरौलाका जोडी दीपकराज गिरी नआउँदा हाँस्य कलाकार सिताराम कट्टेलाई भने चिठ्ठा नै पर्यो ।
दीपा पनि दीपक विनाको साथ धुर्मुसबाट खोजिरहेकी थिइन् । सायद यसैले नै होला उनी धुर्मुसँग नजिक देखिइन् । जब रेड कार्पेटमा पत्रकारका क्यामेरा सोझिन थाले तब ३९ बर्षकी दीपाले धुर्मुससँग विभिन्न पोजमा तस्बिर खिचाइन् । दीपा र धुर्मुस अहिले 'वडा नम्बर ६'मा काम गरिरहेका छन् । दीपा र धुर्मुसको यो फिल्म प्रमोशनको काइदा पनि हुनसक्छ ।
रेड कार्पेटमा दीपा र धुर्मुसको नै हालीमुहाली भयो । केहि बेर रेड कार्पेटमा गज्जबको दृश्य देखियो । धुर्मुसलाई खै के जोश चलेछ, उनले मोटी दीपालाई जुरुक्कै काखमा बोके । पत्रकारका क्यामेरा झनै सोझिदा रातो अनुहार बनाउँदै धुर्मुसले दीपालाई बोकि नै रहे ।
दीपालाई बोकिसकेपछि सितारामले भने, 'यति भएपछि अब दीपक किन चाहियो र ?' पत्रकारमाझ हाँसो चल्यो । दीपा र धुर्मुस मस्किदै अगाडि बढे ।