Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

जाडोमा ऋचाको ग्ल्यामर

फिल्मीखबर, काठमाण्डौ, 2014/12/02
बाक्ला कपडा लगाएर पुगेका अधिकांश पुरुषहरु भने सोमबार बेलुकी आर्मी अफिसर्स क्लब बाहिर निस्कन साथ जाडो भयो भन्दै थिए । मुटु नै काप्ने गरि चलेको सिरेटोले आर्मी अफिसर्स क्लबको हल बाहिर धेरैलाई अल्कोहलको साहारामा पुग्न वाध्य बनाएको थियो ।
 
 
तिनै जाडो मान्नेहरूको विचमा रहेकी एक अभिनेत्री थिइन्, ऋचा शर्मा । छाती केही खुलेका कारण ऋचा जाडो मौसममा हट देखिइन् । आर्मी अफिसर्स क्लब भित्रको तातो एसीले त ऋचालाई जाडोको अुनुभुती गराएन होला । तर, जब उनी अवार्ड सकेर बाहिर निस्किन् जाडोले उनलाई पनि छोयो ।
 
मंसिरको मध्य महिनामा जाडो हुन्छ भन्ने त उनलाई पनि थाहा थियो । तर, ऋचाको जवानीले मंसिरको जाडोलाई नै चुनौती दियो । अभिनेत्रीहरु जाडो महिनामा पनि मिडियामा आकर्षक देखिन खुल्ला ड्रेस लगाउन रूचाउँछन् । जसका कारण जाडो सहेर पनि उनीहरु तस्बिरमा मुस्कुराउँछन् । 
 
 
अभिनेत्रीहरु प्रियंका कार्की, वेनिशा हमाल, करिश्मा मानन्धर, झरना थापाको भन्दा ऋचाको पहिरन ज्यादा खुलेको थियो । बुढापाका भन्छन्, 'केटाकेटीको जाडो बाख्राले खान्छ । यी अभिनेत्रीहरुको जाडो चैं केले खान्छ त ?
Most Visited News (monthly)