Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मङ्सिर २० बाट `हाउ फन्नी`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/01
गत असोजमा घोषणा गरिएको फिल्म 'हाउ फन्नी'ले आउँदो शनिवार अर्थात् मङ्सिर २० बाट छायांकन आरम्भ गर्ने भएको छ । बनस्थलीको एक अनाथ आश्रमबाट मुहुर्तसंगै छायांकन गरिने निर्देशक निलु डोमा शेर्पाले बताईन् ।
 
'हामीले सुटिङमा जानु अघि धेरै होमवर्क गर्यौं । यस कारण घोषित डेट भन्दा केहि दिन पछि छायांकनमा जान लागेका हौ,' निलुले मङ्सिर ३ बाट सुरु गर्ने भनिएको छायांकनमा २० मा पुग्नुको कारणलाई प्रस्ट्याइन् । 
 
फिल्ममा मुख्य कलाकारको रुपमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप बिक्रम शाही मुख्य भूमिकामा छन् । कार्यकारी निर्माताको रुपमा पूर्व मिस नेपाल माल्भिका सुब्बा छिन् भने फिल्ममा कथा/परिकल्पना स्वयम् निर्देशक शेर्पाकै रहेको छ । लेखन भने शान बस्न्यातको रहेको छ । फिल्मलाई हरि हुमागाईले खिच्ने छन् ।
 
Most Visited News (monthly)