Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

किन रोईन् अकेशा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/12/01
पुष १८ गतेबाट देशभर प्रदर्शन हुने फिल्म 'जिन्दगी रक्स'को स्याड भर्सन गीत रिलिज गरिएको छ । 'थाहा छैन मलाई' बोलको गीतमा संजीत श्रेष्ठको शब्द, स्वर तथा संगीत रहेको छ । 
 
प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको प्रस्तुत गीतमा डेब्यू अभिनेत्री अकेशा बिष्टले प्रेममा चोट पाएको देखाईएको छ । म्युजिक भिडियो निर्देशनमा अनुभव बटुलेका निकेश खड्काले निर्देशन गरेको 'जिन्दगी रक्स'मा टिनेजर युवायुवतीहरूको रमाइलो यात्रालाई देखाउन खोजिएको छ ।
 
फिल्ममा अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय रहेको छ । सुजता श्रेष्ठ र वीरेन्द्र राज तुलाधरको लगानी रहेको फिल्ममा निरोज महर्जनको कथा, हरि हुमागाइँको छायांकन, निशान घिमिरेको सम्पादन छ । 

Most Visited News (monthly)