अभिनेता आर्यन सिग्देल यतिबेला बैशाखीको साहारामा हिडडुल गरिरहेका छन् । घुँडाको अप्रेशन गरेपछि उनले २ महिना पूर्ण रुपमा आराम गर्नुपर्ने हुन्छ ।
.jpg)
.jpg)
आर्यन बैशाखीकै साहारामा सार्वजनिक कार्यक्रममा पुग्न छोडेका भने छैनन् । सोमबार आयोजना भएको सिजी कामना फिल्म अवार्ड समारोहमा पनि आर्यन वैशाखीको साथमा पुगे । एउटा निर्जिव बैशाखीले उनलाई सामान्य हिडडुल गर्न साथ दिएपनि हरेक ठाउँमा भने साथ दिन सक्दैनथ्यो । त्यसैले आर्यनको अर्का बैशाखी बने निर्माता तथा कलाकार हसन खान ।
हसनले आफ्नै गाडीमा आर्यनलाई अवार्ड समारोहसम्म ल्याएका हुन् । आर्यन २ पटक स्टेजमा पुग्दा पनि हसन नै साथमा थिए । आर्यनले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदै गर्दा हसन भने फोनमा आर्यनलाई बधाई दिनेलाई धन्यवाद दिदै थिए ।
आर्यन सिग्देल मुख्य भूमिकामा रहेको फिल्म ‘अलबिदा’ पौष २५ गतेबाट प्रदर्शनमा आउँदैछ । जसको निर्माण हसन खानले नै गरेका हुन् । आर्यन र हसनको दोस्ती पूरानो हो । यसैले आर्यन विरामी हुँदा पनि हसन उनलाई साथ दिइरहेका छन् । यो दोस्ती सधैंं यसरी नै अगाडी बढ्ने हसनको भनाई छ ।

