मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 3.56/5.00)
Text size:-
+
-

बिनिता बरालसँग निर्माता वाग्लेको बिहे !

फिल्मीखबर, काठमाण्डौ, 2014/12/02
'लुट' फिल्मबाट निर्माता बनेका माधव वाग्लेले आफ्नो विवाहको २५ बर्ष पूरा गरेको अवसरमा पुन: विवाह गरेका छन् । घरमा सप्ताह लगाएको अवसर पारेर परिवारको आग्रह भन्दै निर्माता वाग्लेले श्रीमती बिनिता बराल (वाग्ले) सँग सिल्भर जुब्ली मनाउँदै सोमवार विवाह गरेका हुन् । 
 
 
गृहनगर बिरगंजमा आफन्त तथा साथीभाइमाझ वाग्लेले बिधीपूर्वक बिहे गरेका हुन् । बुढेसकालमा बिहे गरेको भन्दै वाग्लेलाई जन्तीले जिस्काएका थिए । वाग्लेले २५ बर्ष अगाडी बिनितासँग बिहे गरेका थिए । उनका एक छोरा र एक छोरी छन् । 
 
 
फिल्म वितरण कम्पनी पपकर्न पिक्चर्सका प्रमुख तथा 'छड्के', 'मिसन पैसा रिलोडेड' जस्ता फिल्मका समेत निर्माता रहेका वाग्लेलाई बिहे गरेको सिल्भर जुब्ली पुगेको अवसरमा सफल दाम्पत्य जीवनको शुभकामना !